Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं महानगरले गौशाला चोकका घरहरुमा चलायो डोजर

६ जेठ , काठमाडौ । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनारअतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलले जनाएको छ।

महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment