२६ जेठ , काठमाडौ । नेपाल प्रहरीका २९३ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएकाम छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा हुनेहरुमा उदय बहादुर सारु, नरेन्द्र यादव, बिनोद अधिकारी, रवि कुमार श्रेष्ठ , अमर बहादुर दरै र सुजन पुलामी मगर लगायतका व्यक्तिहरु रहेका छन् ।





