Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु

११ असार , काठमाडौ । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताएका छन्।

उनले भने, “यहाँ ९७ सडक दुर्घटना हुँदा करिब एक सय ६१ जना घाइते र ४८ जनाको मृत्यु भयो ।”

द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

यस वर्ष अफगानिस्तानमा इद अल–अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

अप्रिलमा इद अल–फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment