Comments Add Comment

Advertisment

SKIP THIS

निलम्बनपछि ढकाल भन्छन् – जनताको आवाज बोल्दा रविविरुद्ध भयो, निलम्बन पत्र थमाइयो

२० असार , काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीले कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत डा. ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको बताएका हुन् ।

‘विगत लामो समयदेखि परिचित भएकाले,मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए।’ ढकालले फेसबुकमा निलम्बनको पत्र राख्दै लेखेका छन्,‘मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो , सुधार्दैनन् ।

जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाहि भएको छ। बालहठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ। ’

ढकालले सभापति लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा लगत लाग्दा लाग्दै पनि आफूले मानिदिएको बताए। तर, सरकारमा पुगेपछि लामिछानेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने त्यहि आफूले बोलिदिएको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै