Comments Add Comment

Advertisment

SKIP THIS

सिराहामा नुहाउने क्रममा कमला नदीमा डुबेका बालक बेपत्ता

२९ असार ,काठमाडौ । सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन् । कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए। विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुनसक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय सिराहाका डिभिजनल इन्जिनियरसमेत रहेका रामदेव परिवारसहित सिराहा सदरमुकाम बस्दै आएका छन् । ‘क्षितिजलाई कहाँ कति पानी छ भन्ने थाहा भएन होला। धेरै पानी भएको ठाउँमा हाम फालेको हुन सक्छन्’ अध्यक्ष साहले भने।

अपराह्न करिब एक बजे पानीमा डुबेका बालक अझै फेला नपरेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार खोजी कार्य जारी रहेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैया र कल्याणपुरको टोली तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै