Comments Add Comment

Advertisment

SKIP THIS

मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन तस्करीका योजनाकार पक्राउ

श्रावन १ ,काठमाडौ । अदुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौं आइपुगेका थिए।

उनले सुन ल्‍याएको छ भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौं महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो।

प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो। उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment