Comments Add Comment

Advertisment

SKIP THIS

सिमलताल पहिरो अपडेट : ५ दिनमा १७ जनाको शव फेला, ९ को सनाखत (विवरणसहित)

श्रावन १ ,काठमाडौ ।  पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये मंगलबार साँझसम्म ९ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

‘९ वटा शवको सनाखत भएको छ । बाँकी ८ वटाको भइसकेको छैन’, उनले मंगलबार साँझ जानकारी गराए । उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ६ पुरुष र २ महिला गरी ८ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ५ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् ।

Shivam Cement

मृतकहरूमा भारतीय नागरिक सतपाल साह, मेराज हुसेन, ओम प्रकाश ठाकुर, चितवनका सम बहादुर बिक,  विजय परियार,  सर्लाहीका रवीन्द्र कुमार माझी, रौतहटका इस्लाम मिया, नन्दलाल चौधरी र बाराका रमान्त पण्डित छन् ।  उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो ।

Nabil bank

अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।  खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो ।

Sidhartha bank

हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यको लागि आजदेखि सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दुरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको   छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज २ वटा मोटर बोट र ७ वटा र्याफ्ट बोटसहित परिचालन भएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको डीएसपी थापाले जानकारी दिए । त्यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को  इलाकामा परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।

खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाईस, २ वटा मोटर बोट र ६ वटा र्याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट १ सोनार डिभाईस, १ वटा मोटर बोट र ५ वटा र्याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।

यस्तै नेपाली सेना र प्रहरीको टोली पनि घटनास्थल क्षेत्रमा परिचालित छन् ।

ss1s2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment