Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले जुवा खेलिरहेका ८ जनालाई पक्राउ

२५ बैशाख , काठमाडौं । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीबाट प्रहरीले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । होटल गणेश हिमालको कोठा नम्बर ८०८ बाट नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने मुस्ताङ घर भएका ६८ वर्षीय मीनबहादुर गुरुङ समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

सो होटलमा जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले जुवा खालबाट १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ नगद र ९ गड्डी तास बरामद गरेको छ । जुवा खेल्नेहरूबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

काठमाडौँबाट ८ जना जुवाडे पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

काठमाडौँबाट ८ जना जुवाडे पक्राउ