Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीचको दूरी बढ्दो

१९ मंसिर , काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ ।

उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल थापाबीच सम्बन्ध समुधुर रहेनछ । यो स्वयं थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको सामाजिक सञ्जालमार्फत पुष्टी नै गरेर लेखिदिए-‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु, बधाई छ ज्ञानेन्द्र शाह र धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु ।’

थापा यतिमा नै रोकिएका छैनन् । राजा ज्ञानेन्द्र शाह र संवैधानिक राजतन्त्रका लागि गरेको योगदानको पनि स्मरण गराउँदै अगाडि आक्रोश पोखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेन्डाको मुलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना ।’

सार्वजनिक रूपमा नै पूर्वराजा र थापाबीचको सम्बन्ध बिग्रिएको पुष्टी भए पनि यो आज आएर बिग्रिएको होइन्, यो सम्बन्ध बिग्रिएको संविधान निमार्णताकादेखि नै हो । पूर्वराजानिकट एक नेता भन्छन, ‘दोस्रो संविधानसभामा २५ सिट ल्याउँदासम्म राजा र थापाजीको सम्बन्ध राम्रो थियो । तर, त्यत्रो सिट ल्याउँदा पनि संविधानसभामा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पक्षमा माहोल बनाउन नसकेपछि राजा रिसाएका थिए ।’

पूर्वराजा शाहले संविधानसभाभित्र कांग्रेस तथा तराई मधेस केन्द्रित् दललगायत भित्र राजतन्त्रवादी र हिन्दुवादीहरू रहेको उल्लेख गर्दै तिनलाई आफ्नो अजेन्डामा जोडबल गर्न आग्रह गरेका थिए । तर, थापाले अन्य पार्टीका नेताहरूलाई ‘कन्भिन्स’ गर्नुको सट्टा आफ्नै अजेन्डामा टिक्न नसकेपछि पूर्वराजा शाह रिसाएका थिए । दोस्रो संविधानसभामा थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा ‘नोट अफ डिसेन्ट’ लेखेका त थिए । तर, पूर्वराजा ज्ञानेन्द्रलाई त्यो चित्त बुझेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै