Comments Add Comment

Advertisment

SKIP THIS

म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

६ साउन , काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका छन् ।

विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूपनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । प्रधानमन्त्री ओलीले भने,‘म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’

प्रधानमन्त्री ओलीले कसैलाई मान्छे मन नपर्न सक्ने वा चरित्र हत्या गर्न मनलाग्नु बेग्लै कुरा भएको भन्दै सुनसुनको चित्र बनाएको देखिएको भन्दै त्यसको जवाफ दिनुपर्छ भनेर प्रतिप्रश्न गरे ।

प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा र विभिन्न समयमा कानुन नबनाई जग्गाहरू सट्टापट्टा गर्ने काम भएको भन्दै कानुन बनाएको बताए । उनले कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ भन्दै त्यहाँ नीतिगत भ्रष्टाचार नभएको दाबी गरे ।

यद्यपि कानुन कार्यान्वयन भइनसकेको बताए । ओलीमाथि गिरीबन्धु टिस्टेटको जग्गा सट्टा भर्ना गर्न दिएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment