Comments Add Comment

Advertisment

SKIP THIS

आज साउनको दोस्रो सोमबार, पशुपति लगायत शिवालयहरुमा भक्तजनको घुइँचो

१४ साउन , काठमाडौ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment