२० साउन , काठमाडौ । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाययादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहश्र जावलाखेल पुगेका थिए ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।




