२५ साउन ,काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गत ३ महिनाको अवधिमा ३ सचिव सहित ४३ जना कर्मचारी सरुवा हुदाँ एक सचिव सहित १८ जना कर्मचारी भित्रिएका छन् ।
यस्तै यस्तै अवधिमा प्रधानमन्त्री कार्यालयबाट सहसचिव लोकनाथ पौडेल, संगीता ओझा, रेखा दास, नारायणप्रसाद भट्ट, विपिन आचार्य, नवराज ढुंगाना, कमलप्रसाद भट्टराई, ज्ञानहरी घिमिरे र निर्मला अधिकारी (कानून)सहित ९ जना सहसचिव पनि प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर बाहिरिएका छन् ।
जसमा सहसचिव लोकनाथ पौडेल भने मधेश प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकेका छन् । सहसचिव प्रेमप्रसाद आचार्य, विनोद लामिछाने, रमेश शमां (प्राविधिक), यज्ञप्रसाद भट्टराई (कानून) गरेर ४ जना भने अन्य निकायबाट प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् ।
कार्यालयका अनुसार १९ जना शाखा अधिकृत, ६ जना नायव सुब्बा र २ जना खरिदार प्रधानमन्त्री कार्यालयबाट अन्यत्र सुरुवा हुदाँ ३ जना शाखा अधिकृत र २ जना नायव सुब्बा प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् ।



