Comments Add Comment

Advertisment

SKIP THIS

रहस्मय दुर्घटना : गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको सनाखत

३२ साउन , काठमाडौ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ ।

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै