Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

१२ भाद्र ,काठमाडौ । प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर परिसर काठमाडौंले आज कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरेको हो ।ठगुन्ना पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ । यसअघि मंगलबार साँझ सुर्खेतका बुसद्धराम जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुरका अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गत सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment