Comments Add Comment

Advertisment

SKIP THIS

काठ बरामद हुन्छ : तस्कर भेटिँदैनन्

२० मंसिर , काठमाडौ । रौतहटमा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ ।

वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् ।

अर्कोतर्फ पक्राउ परेका तस्करहरू पनि बरामद काठको बिगोअनुसार धरौटी राखेर छुटिहाल्ने वनका कर्मचारी बताउँछन् । उनीहरू फेरि पुरानै काममा संलग्न हुने गरेका छन्, जसका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा तस्करी हुन लागेको सालको काठ र सवारी नियन्त्रणमा लिएको छ । तर, त्यसअनुसार तस्कर भने पक्राउ पर्न सकेका छैनन् । तीन वर्षमा ६ सय ३७ क्युफिट तस्करीको काठ बरामद भएको वन कार्यालयको तथ्यांक छ ।

सोही अवधिमा विशेष गरी काठ तस्करीमै प्रयोग गर्न मोडिफाइ गरिएको साइकल मात्र २ सय ५१ वटा नियन्त्रणमा लिइएको छ । यस्तो साइकलमा गोलिया लोड गरेर एकै व्यक्तिले तस्करी गर्न सक्छ । पछिल्लो समय काठ तस्करीको लागि मोडिफाइ साइकलको प्रयोग बढिरहेको छ । तर, तीन वर्षमा २३ जना मात्र साइकल चालक तस्कर पक्राउ परेका छन् ।

साइकल मात्र नभई पछिल्ला ५ वर्षमा वन कार्यालयले तस्करीमा प्रयोग भएको १ सय ६ वटा टायर गाडा, १६ वटा ट्र्याक्टर, ३ वटा जिप, ३१ वटा मोटरसाइकल, टेम्पो ३, मिनिबस १ र पिकअप १ वटा नियन्त्रणमा लिएर कारबाही गरेको छ । तर, सवारीको तुलनामा पक्राउ पर्ने तस्करको संख्या न्यून छ । पछिल्लो समय साइकलमा काठ चोर्ने समूह दिउँसै सक्रिय हुँदै आएको छ । उनीहरूको साइकल नियन्त्रणमा लिए पनि मानिस फेला पर्दैनन् । यही कारण वनको चौतर्फी आलोचना भइरहेको छ । जंगलबाट काठ लोठ गरेर आउँदै गर्दा हतपत्त भाग्नै नसक्ने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै