Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?

तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आताङ्क बढ्दो भईरहेको छ ।

केही समय यता अहिले तार्केश्वरमा अनौठो घटना भएको छ जहाँ प्रमुख कृष्णहरि महर्जन बिना नै अख्तियारमा ”सार्वजनिक जग्गाको संरक्षण गर्न सम्मानित आयोगबाट हाम्रो नगरपालिकालाई निर्देशन जारी गरिपाउँ ” भन्दै नक्कली प्रमुखले एक पत्र २०८१/१२/०२ मा दर्ता गरेको पाईयो । तर रहस्यमय पत्र दर्ता हुनु अगाडीनै २०८१/११/२९ मै सामाजिक सन्जालमा आएपछि तार्केश्वर नगरपालिका नै अचम्ममा परेको छ । जहा कि अख्तियारलाई कुनै पनि पत्र नपठाएको तार्केश्वरका प्रमुख महर्जनले न्युज24ग्यालेक्सीसङ्गको कुराकानीमा बताए ।

प्रमुख महर्जन अनुसार ”बिनाको हस्ताक्षरको पत्र अख्तियार सम्म पुग्नु र तार्केश्वर नगरपालिकालाई नै थाहा नहुनु अचम्मको बिषय बनेको छ । यो पठाईएको पत्र नक्कली मेयर खडा भई पठाएको हुन सक्ने बताउनु भयो ।

अहिले यस्तो खबरले सिङ्घो देश नै दुखिद छ महर्जन भन्छन् नक्कली मेयर बिरुद्ध हामिले नगरपालिकाकै नाम बाट बालाजु प्रहरी वृत्तमा उजुरी दर्ता गराईसकेको बताए । अब केही दिनमा नै तार्केश्वरको नक्कली मेयर पत्ता लगाई कानुनी सजाय, कानुनको दफा अनुसार ३ बर्ष देखि ७ बर्ष सम्म थुनामा राख्ने जानकारी दिनु भयो ।

बालाजु प्रहरी वृत्तका प्रमुख अनुसार “यस्ता गतिविधि गर्ने, सिङ्गो स्थानिय सरकारको धज्जी उठाउने, नगरबासीको मनोभावनासङ्ग खेल्ने, यस्ता नक्कली मेयर भई विभिन्न किर्ते कागज बनाई जो कोहिलाई फसाउन चलखेल गर्ने व्यक्तिलाई कानुनी कारवाहीमा ल्याने छौ ।”

यस्तो थियो अख्तियारमा बुझाईएको पत्र :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै