तार्केश्वोर नगरपालिकाले शैक्षिक सत्र २०८२ को भर्ना अभियान तथा दिवा खाजामा विशेष अनुदान दिने भएको छ।
शैक्षिक सत्र २०८२ को भर्ना अभियान वैशाख १५ गते सम्म घर दैलो तथा प्रचार प्रसार गरि अभियानको रुपमा संचालन गर्न सम्पूर्ण सामुदायिक बिद्यालयहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ । साथै सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बाल बिकास देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीलाई संघिय सरकारबाट प्राप्त हुने दिवा खाजा भत्ता रु. १५/- मा नगरपालिकाको तर्फबाट रु.१०/- थप गरि शैक्षिक सत्र २०८२ बैशाख १ गते देखि लागु गर्नको लागि १७ औ नगरसभा बाट निर्णय अनुमोदन हुने गरि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
तारकेश्वर नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको पोशाकमा एकरुपता कायम नभएकोले एकरुपता कायम गर्न शैक्षिक सत्र २०८२ देखि देहाय बमोजिमको ड्रेस कोड लागु गर्न बिद्यालयहरुलाई परिपत्र गर्ने समेत नगरपालिकाले जनाएको छ ।
- सर्ट- लाईट ग्रे अफ ह्वाईट कलर
- पाईन्ट- ग्रे कलर
- टाई- डार्क ब्लु कलर
- छालाको जुत्ता- कालो कलर
- मोजा- ग्रे कलर
- स्विटर/कोट- न्याभी ब्लु कलर
तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि मर्हजनले केहि दिन अधि मात्र तार्केश्वरको नगरसभा बाट शोख,कोख र जेष्ठता अभियान सुचारु गरेका थिए । यसबाट नगरपालिकाका स्थानिय खुसी व्यक्त समेत गरेका छन् ।






