Comments Add Comment

Advertisment

SKIP THIS

रुसको राष्ट्रपति पुटिन आज भारत आउँदै

२० मंसिर काठमाडौ ।भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागितामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । “भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने ।

भारत र रुसका बीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे । रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलव्धीमुलक र उपयोगी भयो ।”

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसका बीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो ।

विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत-रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment