Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर–४ मा दगुर्ने पानीको समस्याले सडक साघुरो, सर्वसाधारण हैरान

काठमाडौं, तारकेश्वर –तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको दगुर्ने पानीको उचित व्यवस्थापन नहुँदा स्थानीय सडक साघुरो बन्दै गएको छ।

साघुरिएको सडकका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, वृद्धवृद्धा तथा सवारीसाधन चालकहरूलाई ठूलो सास्ती भएको छ।

स्थानीयवासीहरूका अनुसार सडक छेउबाट uncontrolled रूपमा बग्ने पानीले बाटोको चौडाइ घटाउँदै लगेको छ। वर्षायाममा त झन् अवस्था भयावह हुने गरेको उनीहरूको गुनासो छ।

सडकमा पानी जमेर पैदल हिँड्नै कठिन हुने, सवारी साधन चलाउन जोखिम बढ्ने अवस्था सिर्जना भएको छ।

“हरेक वर्ष झैं यो पटक पनि समस्या दोहोरिएको छ। वर्षा सुरू भएलगत्तै सडकमा पानी जम्न थाल्छ, न निकास न उचित बनोट,” स्थानीयवासी रमेश तामाङ भन्छन्।

सडकको स्तरोन्नति तथा वर्षाेपछि बढ्ने जोखिमलाई मध्यनजर गर्दै पानी निकास प्रणालीको तत्काल सुधार आवश्यक देखिएको छ।

यदी समयमै समाधान नगरिए यात्रुहरूको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न हुने खतरा बढ्दो छ।

स्थानिय सरकार र बासिन्दाहरूले प्रदेश सरकार, संघीय सरकार तिनैवटा सरकारलाई स्थानीयले शीघ्र ध्यान दिन आग्रह गरेका छन्।

उनीहरूको माग छ— स्थायी ढंगबाट संरचनागत सुधार गरी यो समस्या समाधान गरियोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै