२१ मंसिर, काठमाडौ । के हो त मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।
दाङ–सुर्खेत सडकखण्डको केही उत्तरतर्फ । तुलसीपुर– ९ बेलुवामा रहेको उक्त मट्का घर नामले नै चर्चा छ । त्यसमा पनि मट्का चियाको सेवाले पनि उत्तिकै चर्चा पाउँछ । त्यहाँको मट्का चिया, मट्का विरियानी, कटिया, मट्का मासुको स्वादसँगै टिकटकमा रमाउनेको भीड हुन्छ । ओभरहेड लाइट, टिनर लाइट, भिल्ला, लभ र पिङमा सेल्फी हान्ने पनि उत्तिकै हुन्छन् ।

दिनभर कामको थकान मेटाउन त्यहाँ जाने धेरै हुन्छन् । “दिनभर कामको थकान हुन्छ”, मट्का चियामा पुगेका नारायणपुरका विक्रम बुढाथोकीले भन्नुभयो, “मट्कामा जाँदा मट्काको स्वाद र त्यहाँको झिलिमिली हेर्दा थकान मेटिन्छ ।
कोही टिकटक बनाउनकै लागि पनि आउने गर्छन्, भने कोही मट्का चियाको स्वाद लिन आउने गर्छन् । “मलाई मट्का चिया भन्नेवित्तिकै मनपर्छ”, तुलसीपुर– ६ निवासी रतिराम नेपालीले भन्नुभयो, “त्यसैले मट्का चियाको स्वाद लिन आउने गर्छु ।”
मट्का चिया टिकटकमा पनि त्यत्तिकै छाउने गरेको छ । “मैले टिकटकमा देखेँ, त्यसैले यहाँ टिकटक बनाउनकै लागि आएँ”, घोराही भरतपुरकी दिक्षा अधिकारीले भन्नुभयो, “यहाँ आउँदा यहाँको सजावट राम्रो लाग्यो ।”मट्का चिया र विरियानी नै धेरै बिक्ने गरेको सञ्चालक सन्दीप भुसालले बताउनुभयो ।
त्यसबाहेक मट्का मासु, कटिया, दही, लस्सी, आइस्क्रिम, पिज्जाको पनि उत्तिकै माग हुने गरेको उहाँको भनाइ छ । अहिले टिकटक बनाउनकै लागि पनि आउने धेरै रहने गरेको उहाँ बताउनुहुन्छ ।
“प्रायः शनिबार र अपराह्नका समयमा निकै भीडभाड हुन्छ, कहिल्यै थेग्नै नसकिने भीड पनि हुन्छ”, उहाँले भन्नुभयो “टिकटक बनाउनकै लागि आउने पनि उत्तिकै हुन्छन्, मट्काका लागि पनि उत्तिकै आउछन् ।”
यहाँको ‘आइडिया’ हेर्नकै लागि धनगढीबाट आउने गर्छन् । पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लाबाट आएका पनि मट्काको स्वाद नचाखी फर्किदैनन् ।



