काठमाडौं — तारकेश्वर नगरपालिकाको सभाहलमा आज १८औं नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा नगर प्रमुख कृष्णहरि महर्जन, उप–प्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा नं. १ देखि ११ सम्मका जनप्रतिनिधि, तारकेश्वर खेलकुद समिति अध्यक्ष बिक्रम खड्गी तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सक्रिय रूपमा आफ्ना धारणा राख्दै नगरको समग्र विकास, सेवा प्रवाह सुधार तथा आगामी योजनाबारे व्यापक छलफल गरेका थिए।
सक्रिय सहभागिता र सार्थक छलफलसँगै सम्पन्न भएको नगर सभाले आगामी विकास योजनाका दिशा–निर्देश तय गर्न तथा नीतिगत कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





