Comments Add Comment

Advertisment

SKIP THIS

चिल्ड्रेन्स इन्टरनेशनल एकेडेमीमा स्व. शिव कुमार श्रेष्ठको १५औँ पुण्यतिथिमा श्रद्धाञ्जली

काठमाडौं महानगरपालिका स्थित चिल्ड्रेन्स इन्टरनेशनल एकेडेमीले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय शिव कुमार श्रेष्ठको १५औँ वार्षिक पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय परिवारले उहाँको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्। कार्यक्रममा शिक्षक, कर्मचारी, समाजका बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वर्गीय श्रेष्ठले आफ्नो जन्मथलोको जग्गा खान्चोक सेवा समाज र खान्चोक कल्याण गुठीलाई संयुक्त रूपमा “शिवकुमार श्रेष्ठ प्रतिक्षालय” निर्माणका लागि प्रदान गर्नुभएको थियो। उहाँको यो कार्यलाई स्थानीय समुदायले उच्च सम्मानका साथ स्मरण गर्दै आएका छन्।

त्यसैगरी, उहाँकी धर्मपत्नी पूर्णिमा श्रेष्ठले स्वर्गीय शिव कुमार श्रेष्ठको नाममा गरिब, असहाय तथा दिनदुखी परिवारका बालबालिकालाई सोही विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आउनुभएको छ।

प्रत्येक वर्ष उहाँले देशका विभिन्न स्थानमा पुगेर पानीको अभावजस्ता सामाजिक समस्याको समाधानमा योगदान पुर्‍याउँदै आउनुभएको छ। मेचीदेखि महाकालीसम्मका विभिन्न क्षेत्रमा खानेपानीलगायत अन्य सहयोग प्रदान गर्दै उहाँले समाजसेवामा सक्रियता देखाइरहनुभएको छ।

उपस्थित सबैले स्वर्गीय श्रेष्ठले शिक्षा तथा समाजसेवामा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै