Comments Add Comment

Advertisment

SKIP THIS

युवकको हत्या

२१ मंसिर, काठमाडौ । रौतहटमा सोमबार राति एक युवकको हत्या भएको छ । रौतहटको चन्दपुर नगरपालिका वडा नं–१ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्गलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको खुलेको छ ।

मृतकको हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रबिन्द्र थिङ्ग, उनकै माइजू नाता पर्ने ४२ वर्षीया बुद्धिमाया पाख्रिन रहेका छन् ।

थिङ्ग ८\९ दिन अगाडी मामा आशिष पाख्रिन भेट्न आएको आएका थिए । उनीहरूले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै