२९ मंसिर काठमाडौ । जनकपुरधाममा बसबाट ओर्लिएलगत्तै एक बृद्धाको सोही बसले किचिएर मृत्यु भएको छ ।
आज बिहान महोत्तरी सदरमुकाम जलेश्वरबाट आएको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ७० बर्षीया शैलकुमरी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही बसमा चढेर जनकपुरधाम आएकी हुन् ।
महोत्तरी गाउँपालिका( १ पर्साकी शैलकुमारी बसपार्कमा बस रोकिएपछि ओर्लेकी थिइन् । ओर्लेलगत्तै बस अगाडि बढाउँदा उनलाई ठक्कर दिएको थियो । दुर्घटनापछि बस र बसका चालक जनकपुरधामका फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



