Comments Add Comment

Advertisment

SKIP THIS

पानीको विषयमा विवाद हुँदा डेढ दर्जन मानिस घाइते

१२ असार ,काठमाडौ । पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।

झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।

स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँसको लाठी, भाटासहित आएर आक्रमण आरोप लगाए । सो क्रममा भुवाली साह सोनार पक्षका भरत साह सोनार, नयन देवि, सुहन साह सोनार, अन्जु देविको टाउकोमा चोट लागेको छ।

त्यसैगरी श्यामा देवि, किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई पनि चोटपटक लागेको र दुईजनाको हात भाँच्चिएको साहको भनाइ छ । घाइते सबै जनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारको लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

उता हृदय नारायण यादव, जगरनाथ कुश्वाहस,पन्नालाल यादव ,शिवपुजन महतो,रमिता देवी,असिया देविलाई पनि सामान्य चोटपटक लागेको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टर राकेश यादवले बताए । घटनामा संलग्न रहेको आरोपमा सुरेन्द्र यादव र शिवपुजन महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।

शनिवार पानीको निकासको बिषय लिएर झडप हुनुअघि उनीहरुबीच पुरानो विवाद पनि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment