२० असार , काठमाडौ । कर्णाली प्रदेशमा आज थप १२५ जनाले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या १ हजार ६३ मा झरेको छ।

यस्तै आज ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ३४ जनामा गरिएको आरटी–पीसिआर परीक्षण विधिबाट १४ र १९५ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण हुनेमा आज रुकुम पश्चिममा र सल्यानमा धेरै रहेका छन् ।

यस्तै आज प्रदेश राजधानी समेत रहेको सुर्खेतमा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । यस्तै कर्णालीमा आज कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन भने मृतकको संख्या जम्मा ३३० रहेको छ।