Comments Add Comment

Advertisment

SKIP THIS

तिहार नसकिदै तारकेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

२१ कात्तिक , काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

स्कुटर चालक काठमाडौँको नारायणस्थान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो । गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै