Comments Add Comment

Advertisment

SKIP THIS

बल्छी धुर्बे र जुनकीरीको “मुसी” सार्वजनिक

२१ कात्तिक , काठमाडौ । चर्चित गायक प्रितम पोख्रेल र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको ‘मुसि’ गीतको म्युजिक भिडियो आज सार्वजनिक हुँदै छ ।

गीतमा प्रितम पोख्रेलको लय र शब्द रहेको छ भने गीतको भिडियोमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), सरिता ढुंगाना (जुनकीरी) र रमेश थापाको अभिनय छ । भिडियोको कथा र निर्देशक दिपेन्द्र तिमिल्सिनाको रहेको छ ।

भिडियोको सम्पादन तथा कलर भने मनोज कार्कीको रहेको छ । भिडियोको एरेन्ज सुनिल परियारले गरेका छन भने मिक्सिङ एचबीएन किस्मतले गरेका छन ।

स्टूडियो वान डिबी एच.डी बाट अडियो निर्माण गरिएको छ । मेकप सरिता प्रजापतिको रहेको छ भने व्यवस्थापनमा राजु आर।डि। को रहेको छ ।

भिडियोको सिनेमेट्रोग्राफीमा किरण चैसिर रहेका छन भने भिडियोको पोस्ट प्रो। मण्डली फिल्मसले गरेको छ । रेकड़िस्टमा बिमल छिनाल रहेका छन भने प्रोडक्सनमा उज्ज्वल खड्का रहेका छन । असिस्टेन्ट डाइरेक्टर रमेश थापाले गरेका छन् ।

भिडियो प्रितम पोख्रेल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment