Comments Add Comment

Advertisment

SKIP THIS

केपी ओली उम्मेदवार बन्न नपाउने भएपछि विधान फेरियो

१२ मंसिर , काठमाडौ । गत असोजमा पारित विधानको धारा ६४ ९१० अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।

गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।

नेकपा एमालेको विधान–२०७८ को धारा ६४९१० मा भनिएको छ, ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन ।’

एमाले अध्यक्ष ओली आठौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका थिए । माधव नेपालको साथ लिएर चुनाव लडेका उनी त्यसबेला झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । नवौँ महाधिवेशनमा ओली दोस्रोचोटि अध्यक्षको उम्मेदवार बने र जिते । त्यसबेला उनले माधव नेपाललाई अध्यक्षमा हराएका थिए ।

अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगायो ।

हेर्नुहोस् विधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै