Comments Add Comment

Advertisment

SKIP THIS

घरमा लुकाई राखेको मोटरसाइकलसहित दुई जना पक्राउ

७ पुष काठमाडौ । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामाबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा. ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गा.पा. १ घर भई लामाबगर बस्दै आएको बर्ष २२ को बुद्धि बहादुर तामाङ रहेका छन् ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजुबाट केही साताअघि हराएको भन्दै काठमाडौं तारकेश्वर नगरपालिका -८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

अभियुक्तलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment