Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

१३ पुष काठमाडौ । ग्लोबल आईएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयासस्वरूप ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ ।

यही पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भीआईए जाँचलगायत सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने जनाइएको छ । नेपाल परिवार नियोजन संघसँगको समन्वयमा आयोजित यो कार्यक्रम कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्यचौकी, बराहताल, सुर्खेतमा पुस १२ गते सम्पन्न गरिसकेको छ ।

यस्तै, प्रदेश नम्बर–१ को देवानगन्ज स्वास्थ्यचौकी, देवानगन्ज, सुनसरीमा पुस १४ गते, प्रदेश नम्बर–२ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्यचौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, वाग्मती प्रदेशको पारच्याङ स्वास्थ्यचौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment