Comments Add Comment

जाडोयाममा त्रिपाल मुनि बास

१ पुष काठमाडौ । जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् ।

प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् ।

निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । ‘बाल बच्चासहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ, भएको सानो घर वर्षामा ढल्यो, जाडोमा त जनता आवासले निर्माण गरिदिएको घरमा बस्न पाइन्छ भन्ने आश थियो त्यो पनि आशमै सीमित भयो ।’ नारद पासवानले भने ।

निर्माण समितिको हेलचेक्र्याइका कारण समस्यामा परेको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासकी गीतादेवी पासमानको थियो । विगत दुई वर्षदेखि घर पाउने आशमा रहेकी उनले निर्माण समितिको लापरबाहीका कारण आफुहरु समस्यामा परेको गुनासो गरिन् ।

‘दुई वर्षअघिदेखि नै घर पाइन्छ कि भन्ने आश थियो, तर घर पाउन सकेको छैन’, उनले भनिन्, ‘अन्तत चर्को ब्याजमा रु चार लाख ऋण लिएर आफैले घर बनाउनुर्‍यौ ।’

आवास कार्यक्रम अन्तर्गत लालबन्दीमा मात्रै एक हजार ५०० घर बनाइदिने योजना थियो । ती मध्ये पाँच सय घर बनाउने सम्झौतासमेत भइसकेको कार्यक्रम कार्यान्वयन इकाईले जनाएको छ । सम्झौतामध्ये १०९ घर मात्र निर्माण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै