Comments Add Comment

Advertisment

SKIP THIS

नेता पुनको आज नेपाल फर्किने योजना स्थगित

२३ पुष , काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन आज स्वदेश नफर्कने भएका छन् ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत नेता पुनको आज स्वदेश फर्कने योजना रहेको थियो । तर चिकित्सकको सुझाव अनुसार आज नेता पुनको फर्कने योजना स्थगित भएको छ ।

पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार डाक्टरले पुनलाई थप एक दुई दिन आराम गर्न र तत्कालै स्वदेश नफर्कन सुझाव दिएको हो । काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै