Comments Add Comment

Advertisment

SKIP THIS

दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु

११  माघ , काठमाडौँ । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ ।आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए ।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment