Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ

२६ माघ , काठमाडौ । जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले न्युज24ग्यालेक्सीलाई बताए ।

कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् । उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ३२ जना युवासँग उनले ‘समूहमा आउनु, जर्मनी पठाउँछु’ भनेर असुलेकी सुचना आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment