६ फागुन, काठमाण्डौं । सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी छिन् । गृह मन्त्रालयले बिहीबार साँझ उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । यसअघि उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् ।
परियार पहिलो महिला प्रजिअ भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । उनले भने–‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएनन् ।’ सीता उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा।मानबहादुर विश्वकर्मा सचिव बनेका थिए ।


