११ फागुन , काठमाडौं । दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, सुमित भण्डारी, वडा नम्वर ९ का प्रेम डाँगी र दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ का १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले घटनाको अनुसन्धान भइरहेको बताए ।


