Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिणकली प्रहरीद्वारा ब्राउन सुगरसहित २ जना पक्राउ

काठमाडौं । दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय बिनोद चौधरी र जिल्ला पर्सा बीरगञ्‍ज महानगरपालिका वडा नं.२९ घुर्मी घर भई काठमाण्डौ कलंकी बस्ने वर्ष २० को रमेश यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राज मैनालीले बताए ।

यस घटनाका सम्बन्धमा पक्राउ परेकालाई लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै