Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु , गठबन्धनबारे छलफल गर्दै

१५ चैत , काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा छन् भने नेता शेखर कोइरालाले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडान छोडेका छैनन् ।

बैठकले आगामी चुनावको लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

सत्ता गठबन्धनको बैठक सुरु

नेकपा एसको स्थायी कमिटी बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु