३० चैत , काठमाडौं । नेपाल प्रहरीमा अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएर अघि बढिरहेका एसएसपी उमेश राज जोशी प्रहरीको तल्लो तहसम्म निक्कै लोकप्रिय बनेका छन् । प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमता भएका जोशी नेपाल प्रहरीका तल्ला दर्जालाई निक्कै माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् ।
हाल महानगरीय ट्राफिक महाशाखाको प्रमुख रहेका एसएसपी जोशीको पछिल्ला काम कारबाही निक्कै लोकप्रिय, प्रहरी मैत्री र जनपक्षिय रहेको एक प्रहरी अधिकारीले बताए । अपराध नियन्त्रण,अनुसन्धान,शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने,तल्लो दर्जाका प्रहरीलाई सधैं माया गर्ने र उनीहरुको मर्म तथा पीडा बुझ्ने प्रहरी अधिकृतका रुपमा उनी चिनिन्छन् ।
एसएसपी उमेश राज जोशीले नेपाल प्रहरीमा पहिलोपटक ट्राफिक प्रहरी महाशाखा तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण गर्दै सम्मान गरेका छन् ।

एसएसपी जोशीले सडकमा देखिने ट्राफिक प्रहरी सरकारको पहिलो तस्बिर भएकाले उसको खानपान, व्यक्तित्व , बोलीचाली र व्यवहारले धेरै अर्थ राख्ने भएकाले प्रहरी सधैँ सम्वेदनशील हुनु पर्नेमा उनको जोड छ ।
ड्युटीमा खट्ने कुनै पनि प्रहरी अधिकृत र जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्ने एसएसपी जोशिको दृढ प्रतिवद्धता र त्यही अनुसार मातहतका ट्राफिक प्रहरीलाई स्पष्ट निर्देशन दिएका छन ।
एसएसपी जोशीको काम गर्ने शैली र क्षमता तथा कौशल अरु भन्दा विल्कुल भिन्न र नागरिक मैत्री छ । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने र कुशल कार्य क्षमता नै उहाँलाई प्रहरी संगठनलाई उचाईमा पुराउने महत्वपूर्ण हतियारका रुपमा लिन सकिन्छ ।
एसएसपी उमेशराज जोशीद्धारा सम्मान भएका कार्यालय सहयोगीहरू :-






