Comments Add Comment

मेयर बालेन र प्रधानसेनापतिबीच भेटवार्ता

१६ जेठ , काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन् । भेटमा प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य समेत गरिने कुरा भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment