Comments Add Comment

Advertisment

SKIP THIS

ओली र राणाबीच भेटवार्ता , राजनीतिक घटनाबारे छलफल

१८ चैत , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो । सो भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले ओली र राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुबीच स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ । ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ’ उनले भने ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । राप्रपाका महामन्त्री डा।राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment