Comments Add Comment

Advertisment

SKIP THIS

१५ किलो गाँजासहित २ जना पक्राउ

१७असार , काठमाडौं । मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment