नामिबियाविरुद्ध बलिङमा नेपाल -
Comments Add Comment

नामिबियाविरुद्ध बलिङमा नेपाल

३२ असार , काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । न्यू कम्बुस्डनमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा नेपालले बलिङको निम्तो पाएको हो ।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । जसमा करण केसीलाई बेन्चमा राखेर पव सरार्फलाई मैदान उतारेको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै