Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

९ साउन , काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१६ मिलन चोकस्थित जंगल नजिक बा.६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद