Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

१० बैशाख , काठमाडौं । मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित मेची पुल छेउबाट करिब २८ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ माथ्लो भंगा टोल बस्ने ३९ वर्षीय मोहन बहादुर पाईजा मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत बहराईच बस्ने ३० वर्षीय अर्जुन निशादलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१ ह १७६ नम्बरको अटोलाई सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा अटोमा सवार निशादलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट करिब १ सय १९ केजी अवैध लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त ठाउँस्थित कोशी नदीमा गाडीको ट्यूवमा राखि लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ वटा बोरा फाली मानिसहरू फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद