Comments Add Comment

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्य समायोजन माग गर्दै अनेरास्ववियुद्धारा विरोध प्रदर्शन

१८ साउन , काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकेको बताएका छन् । अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै उपाध्यायले निगम स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताउँदै ठूलो रकम बक्यौता रहेकाले माग पूरा गर्न नसकेको बताएका हुन् । उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै,मूल्य वृद्धि फिर्ता गर्, पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर्,स्वचालित मूल्य प्रणाली कायम गर्, जनताको चुलो निभाउन पाइँदैन,जस्ता नारा समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै