Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखायो

काठमाडौँ- नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो।

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन् । भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै