Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

२१ भदौ , काठमाडौं । ईलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट फरार प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

सम्मानित जिल्ला अदालत मोरङको २०७६/१०/०६ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्धामा ९ बर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी र लागुऔषध मुद्धामा २०७८/१२/०१ गतेको फैसला आदेशले १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २ बर्षीय सन्जिव भनिने सन्दिप चौधरीलाई सोमवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दुबै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment